नियम
प्रधान सेनापतिको अधिकार

 

प्रधान सेनापतिको स्वीकृत बजेटको चन्दा पुरस्कार रकम मध्ये देहायको अवस्थामा देहाय बमोजिम चन्दा वा पुरस्कार स्वरूप आर्थिक सहायता दिन सक्नेछ ।
(१) (क) नेपाली सेनामा बहाल रहेका अथवा अवकाश प्राप्त गरिसकेको कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको मरणपछि त्यस्तो व्यक्तिको परिवार (पत्नी वा छोरा छोरी मात्र) को ज्यादै दयनीय अवस्था परी आर्थिक सहायता दिनुपर्ने देखिएमा एक पटकमा रु. ५००।– पाँचसयसम्म चन्दा,

(ख) सैनिक सार्वजनिक हितको निमित्त एक पटकमा रु. ५००।– पाँचसयसम्म चन्दा ।

(२) नेपाली सेनामा देहायमा लेखिए बमोजिम अड्डा, गण, गुल्म, सेनामुख र पतिस्तरमा सामूहिक प्रतियोगिता भएमा वा व्यक्तिगत उल्लेखनीय काम देखिएमा एक पटकमा रु. ५००।– पाँचसयसम्म पुरस्कारः–

(क) लाईन, ओछ्याउने सफाई र हिफाजत,
(ख) कवाज, शारीरिक अभ्यास, बन्दूक सहतिको व्यायाम र टर्न आउट,
(ग) खेलकूद,
(घ) अव्सटेकल र फील्ड क्राफ्ट,
(ङ) व्यक्तिगत वा सामूहिक चा“दमारी,
(च) बर बन्दोबस्त,
(छ) वर्षभरीमा विरामीको संख्या कम गरेमा,
(ज) चालू वर्षमा शैक्षिक स्तरको प्रगति देखाएमा ।